नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठक सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १७:३८

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठक आज आइतबार सम्पन्न भएको छ ।

बैठक पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकले पार्टी हित विपरित कार्य गरेको भन्दै स्थानीय पार्टी कमिटीले गरेको सिफारिसको आधारमा ९ जनालाई पार्टी साधरण सदस्य समेत नहरने गरी कारबाही गरेको छ ।

कारबाहीमा पर्नेहरुमा बकैया गाउँपालिका कमिटी सदस्य सुनिल दर्लामी, थाहा नगरपालिका कमिटी सदस्य राजुमैया कार्की, कैलाश गाउँपालिकाका सदस्य एकबहादुर आले, कैलाश गाउँ कमिटी सदस्य सानुभाई विष्ट र हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य दिपक खड्का, उत्सव चौँलागाई, शालिक ढकाल, बागमती गाउँपालिका सदस्य केशल तिमल्सिना रहेका छन् ।

साथै नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य जय बहादुर वाईबालाई पार्टी प्रदेश कमिटीमा कारबाहीको लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रीय सर्कुलर अनुसार यही साउन २९ गतेसम्म वडा भेला, प्रशिक्षण र बैठक सकाउने निर्णय गरेको उनले जानकारी दिए ।