मकवानपुरको मोहिनी झरना हेर्न आएका राईको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १४:०६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको मोहिनी झरना हेर्न आएका पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन नगरपालिका वडा नम्वर ३ बस्ने सन्देश राईको पानीमा डुबेर मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँप्ािलका वडा नम्वर १ ठाडोखोलास्थित रहेको उक्त झरना हेर्न आएका २३ वर्षीय राईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार, शनिबार दिउँसो २ बजेको समयमा पानीमा हातले खेल्ने क्रममा चिप्ली झरना तल जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।