स्थानीय तहविरुद्ध अख्तियारको मुद्दा : कारबाही अघि बढ्न सक्दैन्

पत्रपत्रिका
२०७८ श्रावण २३, शनिबार ०७:५०

मकवानपुर । अख्तियारको हटौंडा कार्यालयमा गत वर्ष स्थानीय सरकारविरुद्ध पाँच सयभन्दा बढी हानी भष्टाचारका उजुरी परेका छन् । तर, कारबाहीको प्रक्रिया अघि बढा नबढ्दा स्थानीय सरकारमा थप बेथिति बढेको देखिएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयमा ४ सय तीन वटा भष्ट्रचारसम्बन्धि उजुरी परेका थिए । ती उजुरीमाथि अनुसन्धान गरि कारबाहीको प्रक्रिया अघि बढाईको छैन्।

आयोगको काम उजुरी संकलन गर्ने र थन्क्याउने मात्र भएको छ। गत वर्षमा ९ सय २९ वटा उजरी मध्ये पाँच सय १८ वटा उजुरी स्थानीय सरकार विरुद्धका थिए ।

ती उजुरी बारा, पर्सासहित १३ जिल्लाको स्थानीय सरकार विरुद्ध परेका हुन् । अख्तियार आफैले कारवाही गर्दैन् । अनुसन्धानबाट भ्रष्ट्रचार गरिएको प्रमाण भेटिएमा विशेष अदालत काठमाडौंमा अभियोगसम्म दायर गर्न सक्दछ । तर, स्थानीय सरकार विरुद्ध परेका उजुरीमाथि भने अहिलेसम्म कारबाही प्रक्रिया अघि बढाएको पाईएको छैन्।

अख्तियार हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाका अनुसार, स्थानीय पालिकाहरुले आफ्नो सिमीत समयको अवधि काम यस गाररहेको हुने र ती कामहरु कतिपय अवस्थामा चित्त नबुझेका कारण मुद्धा हाले प्रवृत्ति रहेको बताउँछन्।

यस्ता खाले झुटा आरोपका उजुरीहरु स्थानीय सरकार विरुद्ध धेरै पर्ने गरेको उनको भनाई छ । कसैलाई रिस उठेकै भरमा दुःख दिने नियतले पनि यस्ता कामहरू गरिएको पाएका छौ, सरकारको सम्पत्तिमा हानी नोक्सानी पुर्याउने नियतले गरेको कामहरुमा कारबाही अघि बढाउन आफूहरु पछि नहट्ने सापकोटाको भनाई छ।

हेटौडामा परेका उनुरीहरुमध्ये १ सय ७४ वटा बिस्तृत अनुसन्धानका लागि केन्द्रीय कार्यालय काठमाडौं पठाईएको छ । विस्तृत अध्ययन गर्नु पर्नेमध्येका ५० प्रतिशत उजुरी पनि स्थानीय सरकार विरुद्धकै छन् । यसबाट पनि स्थानीय सरकारमा भ्रष्ट्रचार बढेको देखिन्छ।

अधिवक्ता धूव चौलागाईका अनुसार जनप्रतिनिधि जो निर्वाचित भएर आए उनीहरुले भनेको नगरपालिका, गाउँपालिकाका प्रमुखहरुले नमान्ने हुँदा र त्यहि काम जनताको विपरित भयो भन्दै अख्तियारमा मुद्धा हाल्ने प्रवृत्ति देखिएको छ।

अख्तियारले छानबिन गर्ने कुरामा अघि नबढाउने समेत उनले बताए । यस्ताखाले वेथिती हटाउने र आमजनतामा सचेतनामुलक कार्यक्रम ल्याउन जरुरी रहेको चौलागाईले प्रतिक्रिया दिए ।

नेपालको संविधानमा भ्रष्ट्रचार जन्य कार्य मात्रै अख्तियारको क्षेत्रधिकार भित्र पर्ने व्यवस्था छ । यसअघि आयोगले हेर्दै आएको अनुचित कार्य अहिले अख्तियारको क्षेत्राधिकार भित्र नपरेका कारण पनि आयोगले कारवाही अघि नबढाएको हो । तर, भएका भ्रष्ट्रचारलाई नियन्त्रण गर्ने कार्य क्षेत्र भने अख्तियार कै हो । स्थानीय सरकार विरुद्ध परेका उजुरीमाथि गहिरो अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन अख्तियारले ढिला गर्नु हुँदैन् । यो समाचार हेटौंडा सन्देशमा छ ।