बिहीबार सुनको मुल्य स्थिर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य ९२ हजार रुपैँया कायम गरिएको छ । बुधबार पनि सुनको मुल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेको छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मुल्य बिहीबार एक हजार २ सय ७५ रुपैँया सोही मुल्य कायम भएको छ ।
