सडक उद्घाटनको लागि मुख्यमन्त्री पौडेल रामेछाप प्रस्थान

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार ०९:१९
file photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज बिहानै प्रदेशको रामेछाप जिल्लामा प्रस्थान गरेका छन् । मुख्यमन्त्री पौडेल रामेछापको सदरमुकामसँग जोडिएको कालोपत्रे सडकको उद्घाट गर्न बिहानै त्यसतर्फ प्रस्थान गरेको प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्रीका स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, उक्त सडकको उद्घाटन गर्नको लागि मुख्यमन्त्री पौडेलसँगै भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाल पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरु आज बिहानै सिन्धुली हुँदै त्यसतर्फ प्रस्थान गरेको भौतिक पूर्वाधारमन्त्री फुयालका स्वकीय सचिव विकेश फुयालले जानकारी दिए ।

उनका अनुसार, प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल भने केही दिन अघि नै उक्त उद्घाटन कार्यक्रमको आवश्यक तयारीको लागि रामेछाप प्रस्थान गरेका थिए ।