कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृत्यु
उदयपुर । कोरोना संक्रमणका कारण दुई साताको अवधिमा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् ।
संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिलसमेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अनुमतिमा स्थानीय प्रहरी र टोल विकास समितिको बैठकले शनिबार रातिदेखि सो क्षेत्र सिल गरेको हो ।
सो क्षेत्रमा शनिबार राति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म सिल गरिएको हो ।
स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन कोरोना संक्रमणबाट भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।
