भदौं १ गतेदेखि सबै बीमा कम्पनीमा गो–एएमएल सफ्टवयर अनिवार्य

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १७:५८

काठमाडौँ । आगामी भदौ १ गतेदेखि सबै बीमा कम्पनीहरुले अनिवार्य रुपमा अन्तराष्ट्रिय रुपमा सफ्टवयर गो–एमएल लागू गर्नुपर्ने भएको छ । बीमा समितिले सबै कम्पनीहरुलाई सम्पत्ती शुद्धिकरणका लागि सो सफ्टवरयर लागू गर्न भनिएको हो ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवाद विरुद्धको गो–एएमएल सफ्टवेयर बीमा कम्पनीहरुले प्रयोग ल्याउन आवश्यक तयारी गरिरहेका छन् । उक्त सफ्टवेयर बीमा समितिको नेतृत्वमा साउनभित्रै प्रयोगमा आउने भएको हो । बीमा समितिले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै कुनै पनि हालतमा म्याद थप नहुने भएकोले आवश्यक तयारीका साथ काममा जुट्न निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बीमा समितिले गो–एएमएल सफ्टवेयरमार्फत सम्पत्ति शुद्धिकरण गर्नको लागि गत आर्थिक बर्ष देखि नै लागि परेको थियो । कोरोना महामारी लगायतका कारणले ढिलाई भएपनि चालु आर्थिक बर्षको सुरुमै गो–एएमएल लागू गर्न लागिएको हो ।

बीमा समितिले सो सफ्टवेयर यसअघि पनि प्रयोगमा ल्याउन खोजेको थियो । तर, कोरोना महामारीma-का कारणले केहि समस्या देखा परेकोले त्यो बेला सम्भव नभएको जनाएको छ । अब आवश्यक तयारी साथ काम अघि बढेको जनाएको छ । हाल पाँच ओटा जीवन बीमा कम्पनीमा गो–एएमएल सफ्टवयर परिक्षणमा रहेको छ ।

भदौं १ गतेबाट नेपालमा सञ्चालित दुई पुनर्बीमा, २० निर्जिवन तथा १९ वटा जीवन बीमा कम्पनीमा गो–एएमएल सफ्टवयर प्रयोगमा आउने र सम्पत्ति शुद्धिकरण थप पारदर्शी हुने बीमा समितिले जनाएको छ ।