मकवानपुरका भट्ट मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको मनहरीमा एक जना मृतअवस्थामा फेला परेको छ । मनहरी गाउँपालिकाको वडा नम्वर ३ मा स्थानीय अशोक भट्ट आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
५२ वर्षीय भट्ट आफ्नै घरको गोठमा नाईलनको डोरीले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मृतक भट्टको शव पोष्टमार्टमको लागि भदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालमा ल्याएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
उनका अनुसार, उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको छ ।
