राक्सिराङमा मानव बेचबिखनविरुद्ध अभिमूखीकरण कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १६:१२

मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्वर २ मा मानव बेचबिखनविरुद्ध अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर मोक्तानको उपस्थितिमा नारी सीप सृजना केन्द्र मकवानपुरको आयोजनामा आज कार्यक्रम सम्पन्न भएको हो ।

राक्सिराङ गाउँपालिका २ सुनारीसौराहामा भएको उक्त कार्यक्रममा ४५ जना स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक ज्योति बोम्जनले जानकारी दिइन् ।

केन्द्र र एडब्लुओ इन्टरनेशनलको साझोदारीमा संचालनमा रहेको मकवानपुरमा मानवबेचबिखन तथा सुरक्षित स्थानागमन परियोजना अन्तरगत अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मानबबेचबिखन, वर्तमान अवस्था, बेचबिखनका कारण र प्रकृतीका बारेमा जानकारी दिइएको थियो ।

त्यस्तै, वर्तमान कानूनले बेचबिखनविरुद्धको प्रावधानका बारेमा प्रस्तुतीकरण गरिएको संयोजक बोम्जनले बताइन् ।