मकवानपुरको बकैयामा मानव कंकाल फेला
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको छ ।
उक्त मानव कंकाल बकैया गाउँपालिकाको वडा नम्वर ४ मा रहेको गुराँस सामुदायीक वनमा हड्डी र कंकालहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको अनुसन्धानको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक रिमालले तु खबरलाई बताए ।
उनका अनुसार उक्त घटनाको बारेका बिस्तृत विवरण आउँन बाकी रहेको छ ।
