सर्लाहीमा पोखरीमा डुबेर ३ जनाको मृत्यु
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्वर ३ भेल्हीस्थित निजी पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ ।
स्थानीयबासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिएका छन् ।
मंगलबार राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए। महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
