कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी सभापति निवास बुढानीलकण्डमा बोलाइएको छ ।
उक्त बैठकमा आगामी १४ औं महाधिवेशनबारे छलफल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने मुख्य सचिव पौडेलले बताए ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि निर्धारण गरिएको छ । त्यसअघि साउन १२ गतेदेखि गाउँ र नगरका वडा तहको अधिवेशन गर्ने भनिए पनि हाललाई यो कार्यतालिका स्थगित गरिएको छ ।
