जसपा विवादमा रेशम चौधरी तटस्थ

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार १५:२१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा रेशम चौधरी तटस्थ बसेका छन् ।

सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका हुन् ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।