राष्ट्रिय परीक्षा बोर्डले भोलिदेखि एसईईको मुल्याङ्कन रुजु गर्ने

तु खबर संवाददाता
२०७८ श्रावण १०, आईतवार १८:४५
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मुल्याङ्कन रुजु गर्ने भएको छ ।

आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएसँगै बोर्डले मुल्याङ्कन रुजु गर्ने जनाएको हो ।

बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्ने निर्णय गरेको थियो ।