यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक शुरु

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार १५:३३
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु भएको छ । बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको हो ।

बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च अदालतमा महन्थ ठाकुरले दिएको मुद्दा र निर्वाचन आयोगमा जारी आधिकारिकता विवादका विषयमा पनि छलफल हुनेछ ।