स्काउट भीमफेदीद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न
मकवानपुर । नेपाल स्काउट, बागमती प्रदेश स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय, भीमफेदीको आयोजनामा एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युवा पुस्तालाई स्काउटिङ्ग गतिबिधिमा सामेल गराउने र स्काउट भोलेन्टियरहरु उत्पादन गर्ने उद्देश्यले शसक्रबार भीमफेदमा एक दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको स्थानीय स्काउटको संरक्षक तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
भीमफेदी स्काउट मानविय तथा सामाजिक हितको काममा सकृय भएको र भोलिका गतिबिधिमा आफू संधै अभिभावकको भुमिका निर्वाह गर्न तयार रहेको उनले बताए ।
स्थानीय स्काउट समिती सदस्य राजिब भुपेन्द्र रानाका अनुसार, १६ वर्षदेखि २४ वर्ष उमेर उमूहका युवाहरुलाई लक्षित गरेर आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा ३५ जना युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा बागमती प्रदेश स्काउट सदस्य असोक सारु, सहायक प्रशिक्षकको रुपमा स्काउट भीमफेदी संयोजक आशिष अस्लामी तथा रोभर लिडर अनिल आचार्य रहेका थिए ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाको शिक्षाशाखा हेर्ने कर्मचारी तथा स्काउटको सदस्य सचिव गोबिन्द प्रसाद चौलागाईं, प्रशासन शाखा प्रमुख रविचन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सफलतापुर्वक प्रशिक्षण पश्चात् भीमफेदी स्काउटको गतिशिलताको लागि हेरिटेज भीमफेदी स्काउट क्र्युको औपचारिक स्थापना गरिएको छ ।
