कक्षा १२ को परिक्षा साउन ३१ गतेबाट, कुन दिन कुन विषयको परिक्षा (कार्यतालिकासहित)
काठमाडौं । कक्षा १२ को अन्तिम वार्षिक परिक्षा साउन ३१ गते बिहीबारदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परिक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको छ । यसवर्ष विद्यार्थीहरुले होम सेन्टर अर्थात आफु अध्ययनरत रहेको विद्यालयबाटै परिक्षा दिन पाउने भएका हुन् ।
भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन बोर्डले देशैभरका विद्यालयहरुलाई निर्देशन जारी गरिसकेको छ ।
परिक्षा ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ ।

