११८९ रोगीले पाए बागमती प्रेदश सरकारद्वारा उपचार खर्च
मकवानपुर । गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशका १ हजार १ सय ८९ जना क्यान्सररोगोले उपचारका लागि प्रदेश सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग प्राप्त गरेका छन् ।
प्रदेश सरकारले प्रदेशका क्यान्सररोगीलाई जनही ५० हजारका दरले उपचार खर्च सहयोग गरेको हो । क्यान्सरका बिरामीलाई संघीय सरकारले एक लाख उपचार खर्च सहयोग गर्दै आएकोमा प्रदेश सरकारले थप ५० हजार आर्थिक सहयोग गरेको हो।
फागनु १ गतेदेखि लागु हुने गरी छुटसुबिधा दिन प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका १५ वटा अस्पतालसँग सम्झौता गरेको थियो । त्यसअनुसार फागुनदेखि असार १५ गतेसम्म प्रदेशभित्रका १ हजार १ सय ८९ जना क्यान्सर बिरामीले करिब २ करोड ३३ लाख ३० हजार बराबारको स्वास्थ्यसेवा लिएको सामाजिका विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए ।
प्रदेश सरकारले उक्त सुविधाका लागि गत आर्थिक वर्षमा ७ करोड रुपैयाँ विनियोजन गरेको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा पनि सोही कार्यक्रमले निरन्तरता पाएको छ ।
