हेटौंडामा माधव नेपाल र विरोध खतिवडाको पुत्ला दहन

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार ०७:४९

मकवानपुर । हेटौंडामा नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको सोमबार पुत्ला दहन गरिएको छ ।

पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमालेनिकट युवा विद्यार्थीले नेता नेपाल र सांसद खतिवडाको पुत्ला दहन गरेका हुन् ।

ती युवा विद्यार्थीहरुले नेता नेपाल र सांसद खतिवडाविरुद्ध नाराबाजी गर्दै बुद्धचोक पुगी पुत्ला दहन गरेका हुन् ।

केपी ओली जिन्दाबाद, केपी ओली आइलभयु, माधव नेपाल मुर्दाबाद, विरोध खतिवडा मुर्दाबाद लगायतका नारा सुनिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*