माओवादी केन्द्रको बैठक भोलि बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक आइतबार बिहान ११ बजेका लागि सिंहदरबारमा बोलाएको हो ।
संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको एक सांसदले बताए ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा छलफल हुने एक सांसदले बताए ।
