सुख्खा पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात संचालन
मकवानपुर । सुख्खा पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ ।
भैसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने भीमफेदी गाउँपालिका वडा नम्वर २ पान्द्राङमा आज दिउँसो खसेको सुख्खा पहिरो हटाई यातायात संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज अपराह्नबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, पहिरोका कारण हेटौँडा–भीमफेदी र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने यातायात सेवा अवरुद्ध भएको थियो ।
अहिले सामान्य वर्षात भइरहेको भएता पनि हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथको हेटौँडादेखि नौविसेसम्मको सडकखण्ड, कान्तिरापथको हेटौँडादेखि ललितपुरको सातदोबाटोसम्म, भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ रको दैनिक यातायात सेवा संचालनमा रहेको छ ।
यसैगरी हेटौँडाबाट वीरगंज, जनकपुर र चितवनको नारायणगढतर्फ पनि यातायात सेवा संचालन भइरहेको प्रवक्ता रिमालले बताए ।
