सानिमा लाइफले पायो ६० लाख कित्ता आईपिओ निष्काशन अनुमति
२०७८ असार ३१, बिहीबार २१:२५
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज बिहीबार अनुमति दिएको छ । सो इन्स्योरेन्स कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि ५/५ प्रतिशत शेयर छुट्याएर बाँकी सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।
आइपीओको बिक्रि प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओ निष्काशन गर्ने तयारी पूरा भइसकेको छ ।
कम्पनीको आइपीओ निष्काशनका लागि यसअघि नै रेटिङ गराइसकेको छ । मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ रेटिङ यस कम्पनीले प्राप्त गरेको छ ।



