हेटौँडा–१४ का ३ दर्जनभन्दा बढी व्यक्ति एमालेमा प्रवेश
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ का ३ दर्जनभन्दा बढी व्यक्ति नेकपा एमाले (ओली) मा प्रवेश गरेका छन् ।
बिहिबार हेटौँडा–१४ मयुरधापमा भएको एक कार्यक्रमबीच राप्रपा, नेपाली कांग्रेस, माओवादीलागयत विभिन्न पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले नेता अनन्त पौडेल, प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, एमाले मकवानपुरका सचिव लालबहादुर थापा, एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, युवा संघका स्थायी कमिटि सदस्य सन्तोष चौँलागाई लगायतको आतिथ्यता रहेको थियो ।
