नेपाल समूहले गरेको जनघन्य अपराधको क्षमा हुँदैन : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १६:२३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समूहले गरेको जनघन्य अपराधको क्षमा नहुने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपाल समूहको जनघन्य अपराधको क्षमा नहुने बताएका हुन् ।

उनले नेपाल समूहको जघन्य अपराधलाई एमालेका कार्यकर्ताले कहिल्यैपनि नभुल्ने र त्यो क्षमाको लायक पनि नरहेको स्पष्ट पारे ।

उनले भने , ‘एउटा पार्टीबाट निर्वाचित भएर, आफ्नो पार्टी, अध्यक्ष र प्रधानमन्त्रीलाई गलहत्याएर अर्को पार्टीलाई सरकारको नेतृत्वमा पुराउने उनिहरुको जघन्य अपराधको क्षमा हुँदैन, त्यो अपराधिक कृयाकलापलाई इतिँहासले कहिले पनि माफी दिने छैन ।’

उनले नेकपा एमाले मात्र देशको शक्ति रहेको भन्दै आउँदो निर्वाचनमा अत्याधिक बहुमत सहित फेरी सिंहदरबार प्रवेश गर्ने बताए ।

उनले आउँदो एक महिनामा शेरबहादुर सरकारले विश्वासको मत प्राप्त नगर्ने भन्दै सरकार परिवर्तन हुनसक्ने धारणा ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*