भान्जाको कुुटपिटबाट मामाको मृत्युु

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार ११:५२
सांकेतिक तस्वीर

मकवानपुर । भीमदत्त नगरपालिका वडा नम्वर १० तिलकेनीका ४२ बर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए ।

बुधबार राति लुहारकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले वीररामलाई कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*