मकवानपुरमा २ पुरुषको शव फेला
मकवानपुर । मकवानपुरका २ स्थानमा मंगलबार बिहान दुई व्यक्तिको शव फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा–२ संगमचोकका एक पुरुष र बकैया ३ मा एक पुरुषको शव भेटिएको हो ।
संगमचोकका डिके भनिने एक पुरुष आफ्नै कोठामा र बकैया ३ का पुरुष स्थानीय खोलाको पुलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । पुलमा स्थानीय क्रसर उद्योगमा कार्यरत दाङका ३५ बर्षको भीमबहादुर खत्री मृत अवस्थामा फेला परेका हुन् ।
मृतक कार्कीको शव विहान करिब ५ः३० बजेको समयमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यता, मृतक डिकेको शव विहान करिब ७ बजेको समयमा कोठाभित्र आछ्यानमा लडिरहेको अवस्थामा फेला परेको हो । दुवै शवको प्रकृति र घटनास्थलको अवलोकन गर्दा कुनै त्यस्तो शंकास्पद बस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।
दुई वटै शव लाई पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शवगृहमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
