झापामा एक युवतीको शव फेला
झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ ।
जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव फेला परेको जिल्ला प्रही कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, उनको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको हो ।
आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
