मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड हुँदै

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार ०८:४५

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर आज बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले आज ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ ।

कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको थियो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुनेछ ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*