विपक्षी दलहरुद्वारा बागमती प्रदेशसभा बैठक बहिस्कार

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार २१:०३

मकवानपुर । बागमती प्रदेशसभा बैठकको विपक्षी दलहरुले बहिस्कार गरेका छन् ।

प्रदेशसभा बैठक चल्दै गर्दा विद्युत कटौती भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपषी दलहरुले भोलीका लागि बैठक आह्वान गर्न आग्रह गर्दा सभामुखले नमाने पछि विपक्षी दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

विपक्षी दलहरुको बहिस्कार गरे पनि सभामुख श्रेष्ठले बैठक संचालन गरिरहेका छन् ।

विपक्षी दलका तर्फबाट खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका सांसद्हरुको बहिस्कारका बीच सत्तापक्षबाट प्रदेशसभा बैठक संचालन भएको हो ।
बहिस्कारका बीच बजेट पास गरे, इतिहास कै कालो दिन हुनेः बानियाँ
प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा गरेर एकलौटी ढंगबाट बजेट पास गरेमा आजको दिन इतिहासकै कालो दिन हुने बताएका छन् ।

विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको र सदन्मा खर्च कटौतीको प्रस्ताव राखेका सांसद्हरुले फिर्ता लिने वा नलिने काम बाँकी रहेकोले भोलि जेठ २८ गते बैठक पुन राख्न विपक्षी दलहरुले आह्वान गर्दा समेत त्यसको उपेक्षा गर्दै सत्तारुढ दलका सांसद् मात्रै सदन्मा उपस्थित भई बैठक संचालन भइरहेको नेता बानियाँले बताए ।

विनियोजन बजेटमाथि आवश्यक छलफल नै नगरी सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट बजेट पास गरे त्यो स्वीकार्य नहुने बानियाँले बताए ।

अहिले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठक बहिस्कार गरेका छन् ।

प्रदेश सरकारले दम्भ देखाएर बजेट पास गर्ने खेल खेल्योः दुलाल
यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्दका सांसद् युवराज दुलालले सत्तापक्षले बहुमतको दम्भ देखाएर विपक्षी दलहरुको बहिस्कारका बीच बजेट पास गर्ने खेलमा लागेको बताए ।

उनले सरकार प्रति लचकता उपनाउँदा अपनाउँदै संसद् संचालन गर्न दिएको भए पनि सरकार विपक्षीहरुलाई दवाएर राख्न खोजेको भन्दै बजेट पास गर्ने कै लागि रातारात संसद् चलाउन लागि परेको बताए ।

उनले व्यवस्थापनमा समस्या रहेको र रात परिसकेका कारण बैठक सार्न आग्रह गर्दा समेत सत्तापक्षले हेपाहा प्रवृत्ती देखाएर रातारात विपक्षी दलहरुको बहिस्कारका बीच बजेट पास गर्न संसद् संचालन गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*