बागमती प्रदेशमा ६२.६२ प्रतिशत रोपाई सकियो

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार ०९:४१
file photo

मकवानपुर । बागमती प्रदेशमा असारको हालसम्म ६२ दशमलव ६२ प्रतिशत रोपाई सकिएको छ । प्रदेशका १३ जिल्लामा १ लाख ३२ हजार २ सय ३८ हेक्टरमा धानखेती हुने गर्दछ । त्यसमध्ये ८० हजार ६ सय ५९ हेक्टरमा रोपाई सकिएको हो ।

गत वर्ष प्रदेशमा यही अवधिमा ५२ दशमलव २ प्रतिशतमात्र रोपाई भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत दोपेन्द्रमणि लामिछानेले जानकारी दिए ।

उनका अनुसार, यस वर्ष चाँडै मनसुन भित्रिएको र मनसुनको सुरुमै भारि वर्षा भएकाले गत वर्षको तुलनामा यस वर्ष बढी क्षेत्रफलमा रोपाई भएको हो ।

प्रदेशको ‘अन्नको भण्डार’ को रुपमा चिनिने चितवनमा ६५ प्रतिशत रोपाई सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये १८ हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।

मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ७ हजार ७ सय हेक्टर क्षेत्रफल (५० प्रतिशत) मा रोपाई सकिएको सरकारी आँकडा छ । नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ३ सय ५० हेक्टर क्षेत्रफल (३० प्रतिशत) मा रोपाई सकिदा रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३ सय ८२ हेक्टर क्षेत्रफल (३५ प्रतिशत) मा रोपाई सकिएको छ । ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार १ सय ४० हेक्टर क्षेत्रफल (करिब ९० प्रतिशत) मा रोपाई सकिएको छ।

क्षेत्रफलमध्ये ५ हजार ५ सय हेक्टर (४५ प्रतिशत) मा रोपाई सकिएको छ । रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ३३ (५६ प्रतिशत) हेक्टर क्षेत्रफलमा धान रोपेर सकिएको छ।

दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये १ हजार ९ सय ८५.६ हेक्टर (६८ प्रतिशत) मा हालसम्म रोपाई सकिंदा सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ९ हजार ९ सय ४५ हेक्टर (६५ प्रतिशत) मा रोपाई सकिएको छ । प्रदेशको धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८ सय हेक्टर (४० प्रतिशत) मा रोपाई सकिएको छ।

भक्तपुरका ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८५ हेक्टर (९५ प्रतिशत) मा रोपाई सकिएको छ भने काठमाडौंमा ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९२ हेक्टर (९० प्रतिशत) मा रोपाई सकिएको छ । काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ७ हजार १ सय ५० हेक्टर (४५ प्रतिशत) मा रोपाई सकिंदा सिन्धुपाल्चोकका १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ५ सय हेक्टर (४५ प्रतिशत) मा रोपाई सकिएको छ। रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ३३ (५६ प्रतिशत) हेक्टर क्षेत्रफलमा धान रोपेर सकिएको छ।

दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये १ हजार ९ सय ८५.६ हेक्टर (६८ प्रतिशत) मा हालसम्म रोपाई सकिंदा सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ९ हजार ९ सय ४५ हेक्टर (६५ प्रतिशत) मा रोपाई सकिएको छ । प्रदेशको धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८ सय हेक्टर (४० प्रतिशत) मा रोपाई सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*