मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी संचालन गर्ने

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १८:५७

मकवानपुर । मकवानपुरमा यही असार १७ गतेदेखि सार्वजनिक सवारीसाधन संचालन गर्न पाइने भएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारबाट सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको हो ।

उक्त बैठकले जिल्लामा सार्वजानिक सवारी विहान ६ बजेदेखी साँझ ६ बजेसम्म संचालन गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ भरत मणि पाण्डेले जानकारी दिए ।

प्रशासनले यसअघि निजि सवारी संचालन गर्न अनुमति दिएको थियो । अटो मयुरी, टेम्पो र म्याजिक भने गते अनुसार जोरविजोर लागु गरिएकोले सोही अनुसार सञ्चालन हुने जनाइएको छ ।

हेर्नुहोस् सार्वजनिक सवारी संचालन गर्न तोकिएको मापदण्ड :

क. सवारी साधनहरू विहान ६ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म मात्र सञ्चालन गर्ने,
ख. कूल सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
ग. सबै यात्रुहरूलाई मास्क अनिवार्य गर्ने,
घ. सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने,
ङ. चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने,
च. सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने,
छ. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रूपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने,
ज. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,
झ. मयुरी, अटो, ट्याम्पो, म्याजिक गते अनुसार जोर बिजोर प्रणालीका आधारमा मात्र सञ्चालन गर्ने ।

मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत बैशाख १९ गते रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जारी निषेधाज्ञा आगामी असार ३१ गते राति १२ बजे बजेसम्मका लागि थप गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*