बाढीका कारण बस्ती डुबानमा
चितवन । अविरल बर्षापछि आएको बाढीले चितवनको माडीको बस्तीमा डुबान हुन थालेको छ ।
बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी–३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
त्यहाँका घरहरूमा पानी पस्न थालेको छ ।
माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । माडी नगरपालिका(७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।
