हेटौंडामा झुण्डिएको अवस्थामा किशोरको शव फेला

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार १३:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ गर्दोईमा डेरा गरी बस्दै आएका एक जना किशोर मृत अवस्थामा फेला परेका छन् ।

पर्सा जिल्ला घर भई हेटौंडामा डेरा गरी बस्दै आएका १८ वर्षीय अरुण चौधरी गएराती आफ्नै डेरामा मृत फेला परेका हुन् । उनको शव डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीले प्रारम्भीक अनुसन्धानपछि ती किशोरले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । यद्यपी आत्महत्या वा हत्या भन्नेबारे एकिन भने गरिएको छैन ।

शवलाई पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*