फेरि बढ्यो पेट्रोलको मूल्य

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार ०९:१९
filr-photo

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ।

यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ ।

यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १ हजार ४ सय २५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*