पहिलो डोज खोप लगाएका वडाध्यक्ष आचार्यको कोरोनाबाट मृत्यु

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १८:११
सांकेतिक तस्वीर

बुटबल । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको निधन भएको छ ।

वडाध्यक्ष आचार्यको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण आज निधन भएको हो ।

७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।

आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*