सुजिता मृत्यु प्रकरण : टिचिङ अस्पतालमा शवको पोस्टमार्टम हुँदै

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १५:५०

मकवानपुर । चितवनकी सुजिता भण्डारीको शव पोस्टमार्टमको लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको छ ।

शवको पोस्टमार्टम आजै हुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राप्ती नगरपालिका वडा नम्वर ३ निवासी २३ बर्षीया भण्डारीको शव आईतबार साँझ घरदेखि चार किलोमिटर पर रहेको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो ।

उनी ९ दिनदेखि बेपत्ता थिइन् ।

उनको हत्या गरिएको हो वा उनले आत्महत्या गरेकी हुन् भन्ने बारे उनको पोस्टमार्टम रिपोर्ट पछि थाहा लाग्ने चितवन प्रहरीले जनाएको छ ।

शव भेटिएकै ठाउँ नजिकै बिषादीको प्याकेट भेटिनुले प्रहरीले सुजिताको आत्महत्या वा हत्या दुबै कोणबाट अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

सुजिताका परिवारले उनको अपहरणपछि हत्या भएको बताउँदै आएका छन् ।

प्रहरीलाई समयमै खबर गर्दा पनि अनुसन्धान नगरेको भन्दै बिरोधमा सुजिताको परिवार र आफन्तले सोमबार राजमार्ग बन्द गराएका प्रर्दशनसमेत गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*