‘संसद पुनर्स्थापना हुन्छ, शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १४:३०
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रदाञ्जली दिन मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले संयुक्त गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई समर्थन रहने र देउवा नै प्रधानमन्त्री हुने विश्वास व्यक्त गरे ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाए । अदालतलाई दवाव दिएर ओली थप निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*