कोरोनाबाट कांग्रेस दैलेखका पूर्व पार्टी सभापतिको निधन

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १०:१७
सांकेतिक तस्वीर

सुर्खेत । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ।

सभापति थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले जानकारी दिए ।

थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता हुन् ।

उनी पञ्चायत कालमा नेपाल युवक संगठनको भेरी अञ्चल हुँदै २०४७ सालमा बहुदल पश्चात नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

२०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण २०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो ।

स्व.थापा हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य, पार्टीको महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*