हेटौंडाको नेम ईन्टिच्युटले निःशुल्क ब्रिज कोर्ष पढाउने

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार ०८:३९

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई अनलाईन मार्फत निःशुल्क ब्रिज कोर्ष पढाउने भएको छ ।

ईन्टिच्युटले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको जानकारी दिए ।

कोरोना संक्रमण जोखिमको कारण निषेधाज्ञाले घरमै बसेका विद्यार्थीहरु मदत होस् भन्ने उद्देश्यले ईन्स्टिच्युटले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत अनलाईन मार्फत देशभरका विद्यार्थीहरु निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको ईन्टिच्युटका संचालक किशोर अर्यालले बताए ।

उनले एसईई दिएका विद्यार्थीलाई विज्ञानको ब्रिज कोेर्ष,व्यवस्थापन शंकायको ब्रिज कोर्षको अनलाइन कक्षा निशुल्क संचालन गर्ने बताए ।

अर्यालका अनुसार एक विद्यार्थीलाई १५ हजार खर्च हुने ब्रिज कोर्ष निः शुल्क संचालन गर्न लागिएको हो ।

इमान्दार र लगशिल विद्यार्थी मात्र उपस्थित हुन् भनेर ५ सय रजिस्टर शुल्क तोकिएको र उक्त शुल्क रकमले कक्षा संचालन अवधि भर शिक्षकका लागि इन्टरनेट जडान गरिदिने र अन्तिममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लागि पुरस्कारको समेत व्यवस्था गरिएको संचालक अर्यालको भनाई छ ।

अर्यालका अनुसार ब्रिज कोर्ष लिन चाहाने देशभरका विद्यार्थीले आउँदो असार २५ गते भित्र र्फम भर्ना सकिने र समयमै र्फम भरेका विद्यार्थीहरुलाई इमेल मार्फत जुम आइडि र पासवर्ड जानकारी दिईनेछ । कोर्ष असार २७ गतेदेखि दैनिक बिहान ३ देखि ४ घण्टाको रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*