प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णय खारेज गर्नुपर्ने

तु खबर संवाददाता
२०७८ असार १७, बिहीबार १७:५०

मकवानपुर । बागतमी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले बागमती प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णय खारेजी गर्नुपर्ने माग गरेका छन् ।

आज बसेको बागमती प्रदेशसभाको बैठकमा बजेटमाथि छलफलका क्रममा उनले सरकार मातहतको मिडिया संचालनले आम संचार जगतमाथि नै हस्तक्षप हुने भएकाले बताउँदै उक्त निर्णय खारेजी गुर्नपर्ने माग गरेका हुन् ।

उनले प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णयले आम संचार र प्रेस स्वतन्त्रतालाई कुन्ठित गरेको बताए ।

उनले स्वतन्त्र प्रेसलाई बजेटमा उपेक्ष गर्दै आफ्नो प्रचरपसार गर्नका लागि आफु मातहतको मिडिया हाउस संचालनको तयारीमा प्रदेश सरकार लागि परेको आरोप लगाए ।

आम संचार क्षेत्रलाई प्रदेश सरकारले बजेटमा सम्बोधन गर्न नसकेको भन्दै बजेटमा पत्रकारहरुको क्षमता वृद्धि गर्नका लागि आवश्यक योजना र कार्यक्रमहरु लागु गर्नुपर्ने उनको भनाई छ ।

साथै उनले प्रदेश सरकारले बजेट छर्नका लागि टुक्रे योजनाहरुमा बढी बजेट विनियोजन गरेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*