पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै
काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् ।
संसद विघटन, शैक्षिक र जनजीविकाका विभिन्न मागहरु राख्दै नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (सुदेश पराजुली समूह), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले आज संयुक्त रुपमा ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो ।
अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले दिएको जानकारी अनुसार, सरकारविरुद्ध आज विहान ११ बजेदेखि प्रदर्शन गर्ने भएको हो ।
सो कार्यक्रमअन्तर्गत उनीहरुले मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा ज्ञापन पत्र बुझाएका थिए ।
