फेरि स्थगित भयो प्रदेश १ को बजेट अधिवेशन

तु खबर संवाददाता
२०७८ असार १५, मंगलवार १४:५५

मोरङ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक स्थगित भएको छ ।

निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन् ।

सभामुख भण्डारीले प्रदेशसभाको बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि माओवादी सांसदहरुले नमानेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसद विरुद्ध व्यक्तिगत गाली गलौज गरेको भन्दै तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग माओवादी सांसदहरुले राख्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*