अखिल क्रान्तिकारी मकवानपुरद्वारा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार १५:३९

मकवानपुर । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजना आज बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत पनि आज बिहान मकवानपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।

उक्त रक्तदान कार्यक्रम अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान (अनिल) को सभाध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा अखिल ( क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानले विश्वव्यापी रूपमा बढ्दो कोरोना भाइरस महामारीमा रगत अभाव भएको हुँदा रगत अभावको समाधानको लागि सम्पुर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज नयनले कोभिड–१९ महामारीको बेला पनि प्रशंसनीय काम गर्नुका साथै मानव सेवामा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सेक्रेटरी क. वाटर, मकवानपुर बहमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.शंकर प्रसाद उपाध्ययको विशेष आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*