मदन भण्डारी स्वास्थ्य विज्ञानको शैक्षिक कार्यक्रम भोलीदेखि, प्रधानमन्त्रीद्वारा सम्बोधन

तु खबर संवाददाता
२०७८ असार १३, आईतवार १०:०९

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशले असार १४ गतेबाट आफ्नै शैक्षिक कार्यक्रम शुरु हुने भएको छ ।

स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर उक्त शैक्षिक कार्यक्रमको शुरु गर्ने भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईका अनुसार, उक्त शैक्षिक कार्यक्रमको भोलि मंगलबार २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भुर्चुअल माध्यममार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उक्त कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष डोरमणि पौडेलको सभाध्यक्षतामा हेटौंडाको मोटल एभोकार्डोमा हुने भएको प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले बताए ।

बागमती प्रदेश सरकार मातहतको उक्त प्रतिष्ठानले नेपाल सरकारबाट यसै शैक्षिक शत्रबाट चिकित्सा शास्त्रतर्फको स्नातक तहको ३ वटा संकाय अध्यापनको स्वीकृती प्राप्त गरेको छ ।

प्रतिष्ठानले यस वर्ष चिकित्सा शास्त्रका स्नातक पब्लिक हेल्थ (बीपीएच) २० सिट, स्नातक फार्मेसी (बीफर्मा) र ल्याब टेक्नोलोजिष्ट (बीएस्सी एमएलटी) को ३०÷३० सिटको अध्ययन गर्न स्वीकृती प्राप्त गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*