काँग्रेस अधिवेशन साउन १२ गतेदेखि हुने

तु खबर संवाददाता
२०७८ असार ३, बिहीबार १७:१८
file-photo

काठमाडौं । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ ।

यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो ।

यसैगरी उक्त बैठकले पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ ।

काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*