सिन्धुपाल्चोकमा मृत्यु भएका दुबै जना चिनियाँ नागरिक

तु खबर संवाददाता
२०७८ असार ३, बिहीबार १३:४५
file-photo

काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर मृत्यु भएका दुबै जना चिनियाँ नागरिक भएको खुलेको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झु रहेका छन् ।

गोंगको शव इन्द्रवती नदी र यु ची झुको सिन्धुलीमा भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनका अनुसार, दुवै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

उक्त घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*