सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा
२०७८ असार १, मंगलवार १३:५७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
नेप्सेले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
नेप्सेका अनुसार सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको एक करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।




