भारतमा ७४ दिन यताकै सबैभन्दा कम व्यक्तिमा कोरोना संक्रमण पुष्टि

एजेन्सी
२०७८ जेष्ठ ३१, सोमबार १५:०७
filr-photo

भारत । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण पुुष्टि भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

यो तथ्याङ्क अनुसार, भारतमा ७४ दिन यताकै सबैभन्दा कम व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारतमा हाल कोरोना सङ्क्रमितको कूल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुने कूल संख्या ३ लाख ७४ हजार ३०५ जना पुगेको जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ५०१ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या २ करोड ८१ लाख ६२ हजार ९४७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*