दोलखाको अस्पताल पशुपति चौलागाई स्मृति अस्पताल बनाउन माग
मकवानपुर । बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा बहुवर्षिय र क्रमागत योजनामा मात्र बजेट विनियोजन गरेपछि मात्र अन्य योजनालाई बजेट विनियोजन गर्ने भनिएको बुँदा हटाउनु पर्ने बताएका छन् ।
नीति तथा कार्यक्रमका बारेमा छलफलका लागि बसेको प्रदेशसभा बैठकमा नेता पाण्डेले विगत ४ वर्षमा सरकारले विभिन्न क्षेत्रमा धेरै ठुला बहुवर्षिय योजनाहरु बजेट पठाइसकेको र आगामी दिनमा अन्य निर्वाचन क्षेत्रका छनोट हुने योजनाहरु पछाडी पर्ने र विकास निर्माण पक्षपात हुने भएकाले उक्त बुँदा हटाउनु पर्ने बताएका हुन् ।
प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्ला र ६६ वटै निर्वाचन क्षेत्राको समानुपातिक विकासमा जोड दिनुपर्ने भएकाले उक्त निर्णयले विकासमा पक्षपात गर्ने उनले उल्लेख गरे ।
नेता पाण्डेले प्रदेश सरकारसँग एक वर्षको मात्र अवधि बाँकी रहकाले सुरुङमार्गको योजना पूरा नहुने भएकाले तत्काल सो योजनामा लागेर समय खेर फाल्न नहुने बताए ।
प्रदेक सरकारको बजेट भन्दा पनि बढी लागत रहेको उक्त योजनामा लागेर सरकारले समय खेर फाल्न नहुने र समय कम भएकाले अन्य योजनाहरु तर्फ अगाडी बढ्नु पर्ने उनले आग्रह गरे ।
आगामी निर्वाचनबाट आउने सरकारले सुरुङमार्गको योजना अगाडी बढाइ दिएन भने अलपत्र हुने भएकाले सो योजनालाई प्रदेश सरकारले उक्त योजना अगाडी बढाउन नहुने उनको भनाई छ ।
नेता पाण्डेले नीजि क्षेत्रसँग प्रदेश सरकारले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले विद्युतीय बस खरिद गरी संचालन गर्ने योजनालाई पनि प्रदेश सरकाले अगाडि बढाउन नहुने बताए ।
साथै उनले प्रदेश सरकारले दोलखा जिल्लाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पतालको नाममा नामाकरण गरोस् भनेर प्रस्ताब राखेका छन् ।
