एमालेका तीन मन्त्री मन्त्रालय विहिन

तु खबर संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १८:००

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने निश्चित भएलगत्तै नेकपा एमालेका ३ जना मन्त्री मन्त्रालय विहिन भएका छन् ।

जसपाले ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएपछि एमालेका वर्तमान तीन मन्त्री मन्त्रालयविहीन भएका हुन् ।

जसपाका तर्फबाट राजेन्द्र महतो उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा तथा जसस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी, महिला तथा बालबालिका र एकबाल मियाँ युवा तथा खेलकूद मन्त्री, चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला बालबालिका राजयमन्त्री हुने निश्चित भएको छ ।

यासंगै वर्तमान सरकारमा रहेका महिला बालबालिका मन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फे मन्त्रालय विहिन भएका हुन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफू मातहत राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*